यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

आगामी तीन दिन मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरी सहित वर्षा हुने मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश भएको महाशाखाले जनाएको छ ।

विभागका अनुसार सोमबारदेखि बुधवारसम्म देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ । मंगलबार देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



बुधबार पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । पश्चिमी भू-भागका अधिकांश स्थानमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार