आज पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना

देशको पश्चिमी भूभागमा आज मौसममा पूर्ण बदली तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शुक्रबार राति देशको पश्चिमी पहाडी भूभाग तथा मध्य र पूर्वी भूभागमा सामान्य बदली र अन्य भूभागमा आंशिक बदली रहने छ ।

पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य र पूर्वी भूभागका केही स्थानहरुमा शुक्रबार राति मेघगर्जन, चट्याङ्, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।



हाल देशमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश भएको देखिएको महाशाखाले जनाएको छ ।

शनिबार पनि देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना छ।

सम्बन्धित समाचार