हरिहरपुरगढी गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार वडा नं २ श्रीपुर बस्ने ३० वर्षीय पुरुषोत्तम राईको चट्याङ लागेर मृत्यु भएको हो ।
आफ्नै पानीघट्टमा बुवालाई खाना पुर्याएर फर्कने क्रममा पानीसँगै परेको चट्याङ लागेर घाइते भइ उपचारका लागि स्थानीय पोलिक्लिनिक झनझने लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी चौकी झनझनेका प्रहरी हबल्दार उमा घलानले जानकारी दिए ।