१० जिल्लाका प्रहरी प्रमुख फेरिए, सुनसरीमा कमल थापा

प्रहरी प्रधान कार्यालयले १० जिल्लाका प्रहरी प्रमुख फेरेको छ । ४ नायब उपरिक्षक-डीएसपी र ६ उपरिक्षक-एसपीको काज सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयले एसपीद्धय कमल थापालाई सुनसरी र अनुपम समम्सेर जबरालाई कैलाली पठाएको छ।

पश्चिम नवलपरासीमा अजय केसी, बाग्लुङमा सारदा चौधरी, बर्दियामा केदार रजौरे र दाङमा गणेश चन्दलाई जिम्मेवारी दिइएको छ । यसैगरि मुस्ताङमा नविनकृष्ण भण्डारी, दार्चुलामा पदम बिष्ट, खोटाङमा नारायण चिमरिया र ताप्लेजुङमा महेन्द्र श्रेष्ठलाई पठाइएको छ । अन्य दुई डीएसपी सुधीरराज शाही र राजकुमार केसीलाई काठमाडौँ प्रहरी परिसरमा सरुवा गरिएको छ ।



डीएसपी र एसपीको बढुवापछि केही जिल्लामा दरबन्दी रिक्त थियो ।

सम्बन्धित समाचार