प्रि–मनसुन : मध्य र पूर्वका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौँ उपत्यकासहित देशका मध्य तथा पश्चिमका विभिन्न क्षेत्रमा पूर्ण बदली भइ पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण बदली तथा वर्षा भएको मौसमविद गंगा नगरकोटीले जानकारी दिएकी छन् । दिनभरि नै पानी पर्ने र रोकिने क्रम जारी रहने उनले बताइन् ।

अहिले एक–दुई स्थानमा मात्रै पानी परेको पूर्वी भूभागका विभिन्न स्थानमा बेलुकातिर पानी पर्ने छ । बंगालको खाडीबाट जलवाष्पयुक्त वायु पर्याप्त मात्रामा नेपाल प्रवेश गरेकाले बदली तथा वर्षा भएको हो ।



अहिले प्रि–मनसुनको समय चलेको र यो बेला पानी पर्ने तथा बदली हुने क्रम चल्ने मौसमविदले बताएका छन् । पानी पर्ने फेरि बदली भइ पानी पर्ने क्रम जारी रहने जनाइएको छ । चट्याङ्ग पर्ने तथा खहरे खोलामा बाढी आउन सक्ने भएकाले सचेत हुन आग्रह मौसमविदले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार