कोरोना भाइरसका कारण उत्पन्न संकटपछि जारी लकडाउनका बीच पनि आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आक्रोश व्यक्त गरेको छ ।
पार्टीका पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई अस्पतालबाट मंगलबार र इलामका सचिव पुष्प कोइराला लगायतलाई सोमबार गिरफ्तार गरेको घटनाले निकै आक्रोशित र दुखित बनाएको बताएका छन् ।
कोरोना महामारीको कारण पार्टीले सम्पूर्ण फौजी तथा राजनीतिक संघर्षका कार्यक्रम स्थगित गरि देश जनताको संकट समाधानमा साथ दिइरहेको बेला सरकारले आफ्नो पार्टीका नेता कार्यकर्तालाई आतंककारी शैलीमा गिरफ्तार गरेको उनले बताएका छन् ।
‘के साँच्चिकै हामीले पनि प्रति जवाफ दिनु पर्ने हो त सरकार ?’ पुनले सामाजिक सञ्जालमार्फत चुनौती दिएका छन् ।