सरकारले जारी लकडाउनलाई जेठ पाँच गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले जेठ पाँच गतेसम्म लकडाउन थप्ने निर्णय गरेको मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।
पछिल्लो पटक सरकारले घोषणा गरेको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ । कारोना संक्रमणका कारण चैत्र ११ गते देखि देश लकडाउनमा छ । कोरोना भाइरसको संक्रमण नरोकिएको र दिनदिनै बढेकोले लकडाउन बढाइएको हो ।