दुई चिनियाँ जहाज ३४६ नागरिक बोकेर फर्किए

चीनका दुई वायु सेवा प्रदायक कम्पनीका जहाजले आफ्ना ३ सय ६४ नागरिक बोकेर फर्किएका छन् । चीनको एयर चाइना र साउदर्न एयरले चिनियाँ नागरिकलाई चार्टर्ड उडानमार्फत स्वदेश लगेका हुन् ।

एयर चाइनाले १ सय ६२ र चाइना साउदर्नले १ सय ८४ यात्रु बोकेर गन्तव्यतर्फ उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। एयर चाइनाको विमान भने काठमाडौँको धावनमार्गमा मोडिन नसकेपछि केहीबेर संकट उत्पन्न भएको थियो ।



विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले चीनका दुवै चार्टर्ड उडान केहीबेरअघि गन्तव्यतर्फ उठेको जानकारी दिए । यी दुई उडानमध्ये एयरचाइना छेन्दु जानेछ भने चाइना साउदर्नले ग्वाङ्जाओका लागि उडान भरेको उनले बताए ।

नेपालमा लकडाउनका कारण रोकिएका चिनियाँ नागरिकलाई यहाँस्थित चिनियाँ दूतावासको पहलमा ती नागरिक स्वदेश फर्किएका हुन् ।

सम्बन्धित समाचार