आफ्नै भिनाजुलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङको केपिलासगढी गाउँपालिका-२ चोखाने सिराने बस्ने २७ वर्षीय मिलन राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मिलनले भिनाजु नाता पर्ने ४७ वर्षीय प्रितिलाल राईलाई टाउकोमा ढुंगा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले दावी गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।