पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले भारतले नेपाली भूमी हुँदै सडक विस्तार गरेको कुरामा परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
भारतले नेपाली भूमी हुँदै सडक निर्माण गरेको कुरामा भारतीय सञ्चार माध्यमबाट थाहा पाउनु परेको भन्दै आक्रोशसमेत व्यक्त गरे । उनले भनेका छन्, “परराष्ट्रमन्त्रीज्यू, हाम्रो भूमि हुँदै सडक निर्माण गरेको कुरा भारतीय सञ्चार माध्यमबाट थाहा पाउने हाम्रो कस्तो राज्य संयन्त्र रु”
यतिबेला नेपाली भूमि लिपुलेकमा नेपालसँग कुनै सल्लाह नै नगरी चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्ग खोलेको विषयमा चर्को वहसहरु हुन थालेको छ ।
यसै सन्दर्भमा सांसद थापाले नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणामले गर्दा भारतले एकलौटी ढंगले बाटो बढाएको आरोप लगाएका छन् ।
https://www.facebook.com/thapagk/posts/3066120496765175
साथै अब यस कुराको जानकारी मात्र मागेर नहुने भन्दै प्रतिवादमा जान समेत सांसद थापाले सरकारलाई सुझाएका छन् । यसै प्रशंगमा उनले भनेका छन्, ”अब पनि जानकारी मागेर मात्रै बस्ने कि यो अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने रु”