आइतबारदेखि उपत्यकामा गाडी चलाउन नयाँ नियम

लकडाउनका समयमा चल्ने सवारी साधन अब तोकिएको समयमा मात्र सञ्चालन हुन पाउने भएका छन् । आइतबारदेखि उपत्यकामा गाडी चलाउन समय हेर्नु पर्ने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सबै कार्यालय वा संस्थाका सवारी साधन तोकिएको समयमा मात्र चलाउन पाइने छ । अर्थात समय हेरेर मात्र सवारी साधान चलाउन पाइने भएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लागू गरिएको लकडाउनका समयमा सरकारले सञ्चालन अनुमति दिएका कार्यालय, संस्था र सेवाका सवारी साधन तोकिएको समयमा मात्र सञ्चालन गर्न मिल्ने ढकालले खबरहबलाई जानकारी दिए ।



एक तिहाइ कर्मचारी मात्र कार्यालयमा हुने भनेर सरकारले निर्णय गरेको हुनाले उनीहरुलाई सरकारी कार्यालय प्रवेशका लागि विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका घर फर्कनका लागि ५ बजेदेखि ६ बजेसम्मको समय निर्धारण गरिएको उनले जानकारी दिए । त्यस्तै तरकारी र अन्य खाद्यवस्तुवाहक सावरीसाधन विहान १० बजे अघि सञ्चालन गर्नुपर्ने छ ।

ढकालका अनुसार वैंक र वित्तिय संस्थाका सवारी साधन विहान ९ बजेदेखि साढे १० बजेसम्म र घरफर्कनका लागि अपराह्न साढे ३ बजेदेखि ५ बजेसम्मको समयमा निर्धारण गरिएको छ । निर्माण सामाग्री बोकेको हकमा मालबाहक ट्रकरटिपरहरु बेलुका ८ बजेपछि र विहान ६ बजेसम्म उपत्यका छिर्न पाउने ढकालले जानकारी दिए । पानी र औषधि बोकेका सवारी भने दिनभर सञ्चालन हुन पाउने ढकालले जानकारी दिए ।

सम्बन्धित समाचार