अमेरिकामा ८० हजार, बेलायतमा ३१ हजार र इटालीमा ३० हजार भन्दा धेरैको ज्यान गयो

अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा ८० हजार ३० जनाको ज्यान गएको छ । २४ घण्टामा एक हजार चार सय २१ जनाले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएका छन् ।

अमेरिकामा १२ लाख ४७ हजार १ सय २५ जनामा संक्रमण देखिएको छ । त्यहाँ २ लाख ३७ हजार भन्दा बढी निको भएका छन्। त्यस्तै बेलायतमा ३१ हजार ५ सय ८७ जनाको ज्यान गएको छ । बेलायतमा २ लाख १५ हजार २ सय ६० जनामा संक्रमण भेटिएको छ ।



बेलायत पछि इटालीमा धेरै ३० हजार ३ सय ९५ जनाको मृत्यु भएको छ। इटालीमा २ लाख १८ हजार २ सय ६८ जनामा संक्रमण भेटिएको छ।

स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जनामा संक्रमण भेटिएको छ। त्यहाँ २६ हजार ४ सय ७८ जनाको ज्यान गएको छ। फ्रान्समा २६ हजार ३ सय १० को मृत्यु हुँदा १ लाख ७६ हजार ६ सय ५८ मा संक्रमण छ । जर्मनीमा १ लाख ७१ हजार भन्दा बढीमा संक्रमण भेटिएको छ भने त्यहाँ ७ हजार ५ सय ५९ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा पनि मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। ब्राजिलमा १० हजार ६ सय ५६ जनामा संक्रमण भेटिएको छ भने १ लाख ५६ हजार ६१ जनामा संक्रमण छ। टर्कीमा १ लाख ३७ हजारमा संक्रमण छभने ३ हजार ७ सय ३९ जना संक्रमित भेटिएका छन्। इरानमा ६ हजार ५ सय ८९ जनाले ज्यान गुमाइसकेका छन्। त्यहाँ १ लाख ६ हजार २ सय २० जनामा संक्रमण भेटिएको छ।

चीनमा ८२ हजार ८ सय ८७ जनामा संक्रमण छ । त्यस्तै त्यहाँ ७८ हजार ४६ निको भइसकेका छन्। भारतमा संक्रमितको संख्या ६२ हजार ८ सय ८ छ। त्यहाँ २ हजार १ सय १ जनाको ज्यान गएको छ। विश्वमा ४० लाख ९८ हजार ९२ जनामा संक्रमण भेटिएको छ भने २ लाख ८० हजार २ सय २३ जनाको ज्यान गएको छ। विश्वभर निको हुनेको संख्या १४ लाख ३५ हजार ३ सय ११ छ। विश्वमा ४७ हजार ६ सय ९० जनाको अवस्था गम्भीर छ।

सम्बन्धित समाचार