प्रि–बजेटबारे छलफल गर्न दुवै सदनको बैठक बस्दै

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका बारेमा आजदेखि संघीय संसदमा प्रि–बजेट छलफल शुरु हुँदैछ । यो छलफलका लागि प्रतिनिधि सभा ११ बजे र राष्ट्रिय सभा २ बजेका लागि बोलाइएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको दुवै सदनमा छलफलका लागि प्रस्ताव पेश गर्ने छन्। सम्भावित कार्यसूचीका अनुसार अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७७–७८का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) पेश गर्ने छन् ।



त्यसपछि सांसदहरुले आ–आफ्ना धारणा राख्ने छन् । दुवै सदनमा बजेटका सिद्धान्त र प्राथमिकताबारे अर्थमन्त्री खतिवडालाई सुझाव दिइनेछ। संघीय संसदका सुझाव समेट्दै अर्थमन्त्री खतिवडाले जेठ २ मा नीति तथा कार्यक्रम ल्याउने छन्। उक्त नीति तथा कार्यक्रमको आधारमा बजेट आउनेछ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक प्रावधान छ।

सम्बन्धित समाचार