हालसम्म ३३ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । २४ घण्टाको अन्तरमा गरिएको परीक्षण २ वटा परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै डिस्चार्ज हुनेको संख्य ३३ पुगेको छ ।

भोजपुरका २६ वर्षिय पुरुष १८ औं दिन र झापाका ४८ वर्षिय पुरुष १५ दिनमा डिस्चार्ज भएका हुन् । यस्तै पछिल्लो चौबीस घन्टामा २ हजार ७ सय ९९ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।



हालसम्म पिसिआरबाट १७ हजार ८ सय ९ जनाको परीक्षण गरिएको छ भने आरडिटी विधिबाट ५८ हजार ५ सय ४६ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित ब्रिफिङका क्रममा सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् ।

यस्तै हाल देशभर १२ हजार ७ सय १ जना क्वारेन्टाइनमा रहेको उनको भनाइ छ । आइसोलेसनमा भने कुल १५३ जना रहेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार