लिपुलेकमा भारतले सडक बनाएकोबारे परराष्ट्रमन्त्रीद्वारा भारतीय राजदूतसँग सोधपुछ

नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विषयमा परराष्ट्र मन्त्रालयले नेपालका लागि भारतीय राजदूतलाई बोलाएर सोधपुछ गरेको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विनयमोहन क्वात्रालाई सोमबार मन्त्रालयमा बोलाएर लिपुलेकमा भएको निर्माणबारेमा औपचारिक धारणा माग गरेका हुन्।

‘परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा सीमाको विषयमा नेपालको धारणाबारे जानकारी गराउनु भएको छ र यसै विषयमा एउटा कुटनीतिक नोट बुझाउनु भएको छ,’ परराष्ट्र मन्त्रालयले सोमबार जनाएको छ।



सम्बन्धित समाचार