विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८७ हजार २५० पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४२ लाख ५३ हजार ८०२ जना संक्रमित छन् । संक्रमितमध्ये १५ लाख २५ हजार १९३ जना उपचारपछि घर फर्किएका छन् । २४ लाख ३८ हजार ६८३ जनाको उपचार भइरहेको छ ।
सबैभन्दा बढी कोरोनाको संक्रमण फैलिएको मुलुक अमेरिकामा ज्यान गुमाउनेको संख्या ८१ हजार ७२४ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ हजार ४३ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १३ लाख ८४ हजार ६८१ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ४२ हजार ५५७ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर छ ।
नेपालमा भने १३४ जनामा संक्रमण देखिएकोमा ३३ जना उपचारपछि घर फर्किएका छन् ।