नेपालमा थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार थप ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको मन्त्रालयका सह–प्रवक्ता डा। समिरकुमार अधिकारीले जानकारी दिए । नयाँ संक्रमित मध्ये पर्साका ३९, रुपन्देहीका ९ र कपिलवस्तुका ८ तथा बाराका एक जना रहेको छन् ।
संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।