भीम रावलको सुरक्षामा खटिएकालाई कोरोना संक्रमण

पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक जवानलाई कोरोना संक्रमणको पुष्टि भएको छ । रामेछाप घर भएका २७ वर्षीय ती जवानलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त जवान घरायसी कामका कारण गत १ महिना यता बिदामा घरमै बस्दै आएका थिए । यद्यपी नेता रावलको संसद शुरु हुने बेला अगाडि गरिएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आइसकेको छ ।



संक्रमित सशस्त्र प्रहरी बल नीलबाराही गणमा दरवन्दी रहेको र उनको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार