जनकपुरका एकजना पत्रकारलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्थानीय टेलिभिजनमा कार्यरत पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेशमा राखिएको छ।
उनीसँगै एक पुस्तक व्यवसायीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। पत्रकारलाई पनि कोरोना संक्रमण देखिएपछि जनकपुरका पत्रकारहरु त्रसित बनेका छन् ।
संक्रमित पत्रकारको सम्पर्कमा अरु धेरै पत्रकार पनि रहेकोले उनीहरुको पनि परीक्षणको तयारी भइरहेको छ। यसअघि मंगलबार पर्साका पत्रकारलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।