नारायणकाजी भन्छन् : मेरो भन्दा राष्ट्रको सुरक्षा महत्वपूर्ण छ,आवश्यक परे सुरक्षाकर्मी फिर्ता लगियोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले राज्यले दिएको सुरक्षाकर्मी फिर्ता लैजान भनेका छन् । भीआईपीको सुरक्षार्थ सरकारले उपलब्ध गराउने कोटामा आफूले पाएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका हुन् ।

दार्चुलाको छाङ्रुमा २५ सशस्त्र प्रहरीको फौज पठाउन लागेपछि भीआईपीलाई दिएका सुरक्षाकर्मी कटौती गर्न माग भइरहेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रवक्ता श्रेष्ठले ट्विट गर्दै राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान भनेका छन् । आफ्नोभन्दा राज्यको सुरक्षा महत्त्वपूर्ण हुने श्रेष्ठको ठहर छ ।



‘थाहै छ, म पछुवा नियमित प्रयोग गर्दिनँ । मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन । राज्य संयन्त्रले त्यस्तो आँकलन गरेको छ भने पनि मेरोभन्दा राष्ट्रको सुरक्षा महत्त्वपूर्ण हुन्छ । त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ । यसबाट राज्यलाई अप्ठ्यारो परेको भए क्षमायाचना !,’ उनले ट्विट गरेका छन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले गाडी र तेल सुविधा सुरुदेखि नै नलिएको दाबी गरेका छन् । “सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ । तर गत चुनावअघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो,” उनले प्रस्ट्याएका छन् ।

 

सम्बन्धित समाचार