वीरगञ्जको नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमितमध्ये एक पक्राउन परेका छन् । बुधबार दिउँसो अस्पतालमा उपचार गर्दा गर्दै भागेका दुईजना भागेका थिए ।
भागेका मध्ये एकलाई बुधबार साँझ नै पक्राउ गरिएको थियो । अर्का संक्रमितलाई राती नै पक्राउ गरिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन ।
भागेका एक जना धोबिनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुरबाट पक्राउ परेका हुन । हरिहरपुर संक्रमितको मामा घर हो । उनी भागेर मामा घर हरिहरपुर आइपुगेपछि त्यहाँका स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । पक्राउ परेका संक्रमितलाई नारायणी अस्पतालकै आईसोलेशनमा भर्ना गरिएको छ ।
बुधबार दिउँसो अस्पतालमा उपचार गराईरहेका दुईजना कोरोना संक्रमितहरु अस्पतालको दोस्रो तल्लामा रहेको आईसोलेशन कक्षको झयालबाट हाम फालेर भागेका थिए । भागेका दुई संक्रमित मध्ये एक जनालाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित तिलावे पुलबाट प्रहरीले पक्राउ गरेको थियो ।