नेपालमा थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नवलपरासीका थप एकजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा भएको परीक्षणमा नवलपरासीको देवचुली नगरपालिका–१२ का ४९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको डा। समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।
उनी स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २४६ पुगेको छ।