काठमाडौं आउने पास प्रशासनले रद्द गरिदिएपछि झापामै रोकिए पूर्वराजा ज्ञानेन्द्र

झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आउने पास प्रशासनले रद्द गरेको छ । लकडाउनअघि नै झापा पुगेका पूर्वराजा ज्ञानेन्द्रले भोलि (शुक्रबार) बिहान ८ बजे काठमाडौं आउनका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट पास लिएका थिए ।

तर सरकारले अन्तर जिल्ला सवारी पास रोक्ने निर्णय गरिसकेको भन्दै प्रशासनले उनको पास रोकेको हो । पूर्वराजा शाहका प्रतिनिधिले विहीबार जिल्ला प्रशासन कार्यालयबाट काठमाडौं आउने अनुमतिपत्र लिएका थिए ।



निकै ठूलो सुरक्षाकर्मीको संख्यामा काठमाडौं आउन लागेका ज्ञानेन्द्रलाई संक्रमणको खतरा र गृहको निर्देशन भन्दै हिँड्ने अनुमति नदिइएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार