झापा प्रशासनले पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई झापाबाट काठमाडौं आउनका लागि सवारी पास उपलब्ध गराएको छ। विहीबार नै पास उपबलब्ध गराएको झापा जिल्लाका प्रशासन प्रमुख अधिकारी उदयबहादुर राना मगरले बताए । ‘झापाबाट बिहानै काठमाडौं प्रस्थान गरिसक्नु भएको छ । सुनसरी कटेर सप्तरी पुगेको खबर आएको छ’ उनले भने ।
विहीबार सवारी पास खारेज गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारीले उक्त पास रद्ध गरेका थिए र त्यसको सामाजिक सञ्जालमार्फत आम नागरिहरुले चर्को विरोधका साथ सरकारको आलोचना गरेका थिए ।
पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौं प्रस्थान गरेका हुन् । झण्डै दुई महिना अघि झापा गएका पूर्व राजा लकडाउनका कारण त्यही बसेका थिए।