काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा कोरोना भाइरसको आशंका गरिएको छ । शुक्रबार आरडिटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खडगीले जानकारी दिइन् ।
परीक्षण गरिएको १५ महिला र १६ पुरुषमा आरडिटी परीक्षणमा पोजिटिभ देखिएको खडगीले बताइन् । कोरोनाका शंकास्पद बिरामीलाई हाल महानगरको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको उनले बताइन् ।
‘महानगरको चारवटा कोठामा राखिएको छ,’ उनले भनिन् । उनका अनुसार आज ६६४ जनामा आरडिटी टेस्ट र २६८ जनामा पिसिआर विधिबाट परीक्षण गरिँदा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो ।