शनिबार थपिए ९ संक्रमित, नेपालमा संक्रमितको संख्या २७६ पुग्यो

आज कोरोना भाइरसबाट थप तीन संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणका क्रममा कपिलवस्तुका नयाँ तीन जनामा संक्रमण देखिएको बताए ।

नयाँ संक्रमितमा कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुष रहेका छन् । केहीबेरअघि बर्दिया, सिराहा, पर्सा र चितवनमा छ जनामा संक्रमण देखिएको थियो । तीन जनामा सङ्क्रमण देखिएसँगै संक्रमितको संख्या २७६ पुगेको छ ।



हिजो शुक्रबार मात्र १८ संक्रमित देखिएका थिए । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

सम्बन्धित समाचार