धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षिय महिलालाई कोरोना भाइरस भएको पुष्टि भएको छ । पीसीआर र आरडीटी दुबैमा पोजिटिभ देखिएको छ । अस्पताल ल्याउने बित्तिकै उनको मृत्यु भएको थियो ।
९ दिन अघि काठमाडौं टिचिङमा सुत्केरी भएर सिन्धुपाल्चोक बाह्रबिसे घर गएकी थिइन् । अत्याधिक ज्वरो आएपछि उनलाई हिजो धुलिखेल अस्पताल ल्याइएको थियो ।
उनको कोरोनाको कारण मृत्यु भएको पुष्टि भएपछि अस्पतालमा सतर्कता अपनाइएको प्रवक्ता डा सुमनराज ताम्राकारले जानकारी दिए । यो घटनासँगै नेपालमा संक्रमितको संख्या २७७ पुगेको छ ।