मौसम पूर्वानुमानः आगामी मंगलबारसम्म हावाहुरीसहित वर्षा

आगामी मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।

दिउँसोसम्म पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा अपराह्नपछि मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



यस्तै आज राति पनि पूर्वी भू-भागका केही स्थानमा पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सोमबार र मंगलबार पनि मुलुकका पहाडी भू-भागमा हावाहुरीसहित असिना पानीको सम्भावना छ ।

सम्बन्धित समाचार