नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ जेठ ।
नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार थप १० जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा रौतहटका १० जना पुरूषमा संक्रमण देखिएको छ ।
यससँगै नेपालमा संक्रिमतको संख्या २९१ पुगेको छ । संक्रमितमध्ये एक जनाको निधन भएको छ भने ३६ जना उपचारपछि घर फर्किएका छन् ।