प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ । बढुवाको पहिलो नम्बरमा सुर्खेतस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दरबन्दी भएका पृथ्वीनारायण ओली परेका छन् ।
यसैगरी इलाका प्रहरी कार्यालय चापाकोट स्याङजाका केदार राज पन्त, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयका जयराम कुईंकेल क्रमशः दोस्रो र तेस्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन् ।
को – को परे डीएसपीका लागि बढुवाको सिफारिसमा हेर्नुहोस् सूचि: