शनिबार राती बाँके नरैनापुरका १२ सहित नेपालमा थप १८ जना कोरोनाका नयाँ संक्रमित फेला परे । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । धनुषा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी एक पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष, दैलेख आठबीस निवासी एक पुरुष छन् ।
हालसम्म संक्रमण नभेटिएको तराईको सुनसरी जिल्लामा पनि एक जना संक्रमित फेला परेका छन्। त्यसैगरी झापाका एक थप एक पुरुषमा पनि संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका बताइएको छ। यससँगै सोमबार मात्रै नेपालमा ८० जना नयाँ संक्रमित भेटिएका हुन्।
संक्रमितमध्ये २ जनाको निधन भैसकेको छ । ३६ जना भने उपचारपछि घर फर्किएका छन् ।