कोरोना संक्रमण रोकथाम उच्चस्तरीय समितिको बैठक बस्दै

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्ने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको रहेको समितिको बैठक आज बिहान १० बजे बस्न लागेको हो । बैठकमा क्वारेन्टाइनमा व्यवस्थापनको विषयमा छलफल हुने बताइएको छ ।

केही दिनयता नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको व्यवस्थापनमा चुनौती थपिएको छ । सोमबार मात्रै नेपालमा ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।



आज बिहानसम्म नेपालमा ३ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३७ जना उपचारपछि घर फर्कंदा २ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार