नेपालमा पहिलो पटक डाक्टरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको हो ।
मंगलबार उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये एक जना चिकित्सक हुन् । यसअघि नर्सहरुमा कोरोना भाइरस संक्रण देखिएको थियो ।
आज झापाका ९, मोरङका १, सुनसरीका १, सर्लाही २, काठमाडौँ ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, लम्जुङमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ नयाँ संक्रमित भेटिएका छन्। योसँगै संक्रमितको संख्या ४ सय २ पुगेको छ । ३७ जना उपचारपछि निको भएका छन् ।