पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री सच्चिने कुनै छाँटकाँट नदेखिएको आरोप लगाएका छन् ।
नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको जवाफ सुनेपछि भट्टराईले कमी कमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट नदेखिएको प्रतिक्रिया दिएका हुन् ।
उनले सामाजि सञ्जाल ट्वीटरमा लेखेका छन्- ३ घण्टाको स्पष्टीकरण सुन्दा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन । रोना, राष्ट्रियता, लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो। लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो !
प्रम@kpsharmaoliको ३घण्टाको स्पष्टीकरण सुन्दा वहाँमा आफ्ना कमिकमजोरी स्वीकार्ने र सच्चिने कुनै छाँटकाँट देखिएन।कोरोना,राष्ट्रियता,लोकतन्त्रका व्याख्यान सुन्दा अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो।लिपुलेक नक्साको ब्याज भजाएर अकंटक कुशासन चलाउने र देशलाई बर्बादीमा लैजाने बुझियो!
— Baburam Bhattarai (@brb1954) May 19, 2020