बुधबार देखियो ३२ जनामा कोरोना, नेपालमा संक्रमितको संख्या ४३४ पुग्यो

नेपालमा थप सात जनामा कोरोनाभाइरस पुष्टि भएको छ । प्रदेश १ को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको मुख्यमन्त्री कार्यालयको भनाइ छ । यसअघिका २५ जनासहित बुधबार ३२ जना संक्रमित थपिएका छन् ।



हालसम्म कुल संक्रमितको संख्या ४३४ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ४५ छ। कोरोनाकै कारण २ जनाको निधन भैसकेको छ ।

सम्बन्धित समाचार