नौ दिनमै संक्रमणमुक्त भएर टेकु अस्पतालबाट डिस्चार्ज भए चार संक्रमित

काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरसका संक्रमित बिहीबार संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । उनीहरुलाई नौ दिनको अस्पताल बसाइपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।

टेकु अस्पतालमा उपचाररत उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. देवकोटाले जानकारी दिए।



योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४९ पुगेको छ।

यस्तै कोरोना संक्रमणका कारण अहिलेसम्म ३ जनाको निधन भएको छ। अहिलेसम्म ४५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

सम्बन्धित समाचार