विहीबार भेटिए ३० संक्रमित, नेपालमा संक्रमितको संख्या ४५७ पुग्यो

विहीबार साँझ थप तीन जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितहरूमध्ये कपिलवस्तुका १९ वर्षीय युवक र बाँकेका ३२ वर्षीय पुरुष र ४२ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनीहरूको भेरी अस्पताल नेपालगन्ज र प्रदेश प्रयोगशाला रुपन्देहीमा परीक्षण भएको हो। योसँगै संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । जसमा तीन जनाको मृत्यु भएको र ४९ जना निको भएका छन्।



आजै बिहान १७ जना र दिउँसो थप १० जनामा संक्रमण देखिएको थियो। यससँगै विहीबार मात्र ३० संक्रमित थपिएका छन् ।

सम्बन्धित समाचार