कोरोनाबाट विश्वभर ३ लाख ३४ हजारको मृत्यु, ५१ लाख ९४ हजार संक्रमित

कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ३४ हजार ६१६ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म यो महामारीबाट ५१ लाख ९४ हजार ९९ जना संक्रमित भएका छन् भने २० लाख ८० हजार २९२१ जना संक्रमण मुक्त भएका छन् । २७ लाख ७६ हजार ११३ जनाको उपचार भइरहेको छ । उपचारारत मध्ये ४५ हजार ६४५ जनाको अवस्था गम्भीर छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६६ हजार ८०५ जनाको मृत्यु भएको छ । १८ लाख ४८ हजार ३२२ जना संक्रमित भएकोमा ८ लाख २६ हजार ६४१ जना संक्रमणमुक्त भएका छन् ।



उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९ हजार ७०२ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १७ लाख ९३ हजार ९३४ पुगेको छ । यस्तै एसियाली मुलुकहरुमा २६ हजार २३८ जनाको मृत्यु भएको छ । ८ लाख ८७ हजार २१८ जना संक्रमित भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २८ हजार ४३ जनाको मृत्यु भएको छ । ५ लाख ४७ हजार ७९० जना संक्रमित भएका छन् । अफ्रिकी मुलुकहरुमा ३ हजार ११५ जनाको ज्यान गएको छ भने १ लाख १ हजार ६८३ जना संक्रमित छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२१ जनाको मृत्यु भएको छ । ८ हजार ६८८ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको महामारीको सबैभन्दा बढी प्रभाव अमेरिकामा परेको छ । त्यहाँ ९६ हजार २६९ जनाको मृत्यु भएको छ । १६ लाख १९ हजार ७८७ जना संक्रमित भएका छन् । यस्तै संक्रमितका आधारमा अमेरिकापछि रुसमा सबैभन्दा धेरैमा संक्रमण देखिएको छ । त्यहाँ ३ लाख १७ हजार ५५४ जना संक्रमित भएका छन् भने ३ हजार ९९ जनाको मृत्यु भएको छ ।

नेपालमा २४ घण्टामा ३० नयाँ संक्रमित थपिँदा १ जनाको मृत्यु भएको छ । योसँगै यहाँ कुल संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । जसमध्ये ४९ जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित समाचार