बाँकेमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ। शुक्रबार मात्रै १४ जना नयाँ संक्रमित थपिएका हुन् । यस जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकाका साथै नरैनापुर, खजुरा र राप्ती सोनारी गाउँपालिकामा कोरोना संक्रमित फेला परेका छन् ।
यी स्थानीय तहहरुमध्ये नरैनापुरमा मात्र ८७ जना संक्रमित छन् ।
यस्तै, नेपालगञ्जमा २५, खजुरामा दुई र राप्तीसोनारीमा एक जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । बाँकेका संक्रमितमध्ये २१ जना शुक्रबार निको भएर डिस्चार्ज भएका छन् ।