जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म हुरीबतास चल्ने पूर्वानुमान गरेको छ । महाशाखाले सोमबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सी (सोमबार) सम्म नै हावाहुरी चल्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार बंगाल खाडीबाट सक्रिय भएको अंपुन चक्रवात कमजोर भइ न्यून चापीय प्रणालीको रूपमा रहे पनि त्यसले पूर्वी भेगमा आंशिक प्रभाव पारेको छ । आज दिउँसो देशका पश्चिमी पहाडी भू-भाग लगायत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
मौसममा बदलाव आउदा मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ / हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।