सत्तारुढ दल नेकपाको सचिवालय बैठकमा एमसीसीको विषयमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित थिए । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक अनौपचारिक भएकाले कुनै ठोस निर्णय भने भएन । बैठकमा सदस्यहरुले एमसीसीबारे आ–आफ्नो भनाइ राखेका थिए ।
बैठकमा एमसीसी अध्ययन कार्यदलका संयोजक र सदस्यहरू तथा अर्थमन्त्री, ऊर्जामन्त्री, विद्युत् प्राधिकरणका एमडी र एमसीसी नेपालका सिइओले एमसीसीबारे आ–आफ्नो ब्रिफिङ राखेका थिए । यसैगरी एमसीसीलाई पार्टीभित्र प्रश्न उठाउने नेताहरू देव गुरुङ र लीलामणि पोखरेलले पनि बैठकमा आफ्ना कुरा राखेका थिए ।
गत माघमा बनेको झलनाथ खनाल नेतृत्वको कार्यदलले एमसीसी यथास्थितिमा पास गर्न नहुने सुझाब दिएको थियो । तीन सदस्यीय कार्यदलमा संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले यथास्थितिमा पास गर्न नहुने सुझाब दिए पनि परराष्ट्रयमन्त्रीसमेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालीले भने १५बुँदे फरक मत राखेका थिए ।