नारायणी अस्पतालबाट ९ जना संक्रमित डिस्चार्ज

पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट शनिबार ९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । नारायणी र गण्डक अस्पतालमा उपचारार्थ संक्रमित मध्ये शनिबार ९ जना डिस्चार्ज भएका हुन् । ‘संक्रमणलाई जित्ने ९ जनालाई डिस्चार्ज गरएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मदन कुमार उपाध्यायले जानकारी दिए ।

उनीहरु पर्साका ३, रौतहटका ३, बाराका २ र एक भारतीय नागरिक गरी ९ जना पुरुष रहेको मेसु उपाध्यायले बताए । वीरगन्जमा डिस्चार्ज भएका ९ सहित कोरोनालाई जितेर अहिलेसम्म नेपालभर डिस्चार्ज हुनेको संख्या ७९ पुगेको छ ।



सम्बन्धित समाचार