काठमाडौँको टोखामा एक जना ज्योतिषी र एकजना किराना पसलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञिप्तमाफर्त कोरोना पुष्टि भएको जानकारी दिएका टोखा ६ धनेश्वरका पुरुष ज्योतिषी रहेको खुलेको हो ।
यस्तै टोखा ६ का अर्का संक्रमित स्थानीय किराना पसले रहेको खुलेको छ । टोखा ३ का संक्रमित पुरुषले यसअघि कोरोना संक्रमणका कारण निधन भएकी सिन्धुपाल्चोककी सुत्केरी सँगसँगै शिक्षण अस्पतालमा उपचार गराएको पनि खुलेको छ ।
ती महिलाको जेठ चार गते धुलिखेल अस्पतालमा निधन भएको थियो । उनको सम्पर्कमा रहेको व्यक्तिहरुको पीसीआर परीक्षण गरिएको थियो ।