कोरोनाबाट चौथो व्यक्तिको मृत्यु, उनको ८ दिनअघि निधन भएको थियो

बाराका एक व्यक्तिको मृत्यु भएको नौ दिनपछि कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

बाराको कलैया–७ का चौधरी थरका व्यक्ति सिकिस्त बिरामी परेपछि जेठ २ गते वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखिएका उनको जेठ ४ गते निधन भयो ।



अस्पतालले कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने आशंकामा भर्ना भए लगत्तै स्वाब संकलन गरेर नारायण उपक्षेत्रीय अस्पतालको प्रयोगशाला पठाएको थियो । तर त्यसको रिपोर्ट १० दिनपछि सोमबार आएको हो ।

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अनसारीले भनेका छन्, ‘अस्पतलामा भर्ना भए लगत्तै हामीले स्वाब संकलन गरेर पठाएका थियौँ। रिपोर्ट नआउँदै जेठ ४ गते निधन भयो । हामीले शव परिवारको जिम्मा लगायौँ । अहिले आएर उनी कोरोना संक्रमित रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले मलाई फोन गरेर जानकारी दिनुभयो । रिपोर्ट आउनै यति समय लाग्छ भने के गर्ने रु’

नेशनल मेडिकल कलेजले शंकास्पद बिरामीको मृत्यु भएपछि रिपोर्टको सोधखोज नै नगरी शव परिवारको जिम्मा लगाएको देखिएको छ । यस्तै स्वाब संकलन भएको लामो समयसम्म रिपोर्ट नआउँदा संक्रमण फैलिन सक्ने जोखिम बढेको छ ।

सम्बन्धित समाचार