त्रिवि शिक्षण अस्पतालमा सञ्चालनमा आयो पीसीआर ल्याब

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना भएको छ ।

शिक्षण अस्पतालमा सोमबारदेखि सुरु भएको ल्याब ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाकी निर्देशक डा. रुना झाले आग्रह गरिन् ।



नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा ल्याब सञ्चालन गर्न उनले आग्रह गरेकी हुन् । अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने उनले बताइन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाले एक ‘सिफ्ट मा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमताको ल्याब स्थापना भएको बताए । अहिले पूरा क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउनुपर्ने दायित्व भएको उनले बताए ।

यो सँगै देशभरि पीसीआर परीक्षणका लागि १७ वटा ल्याबहरु सञ्चालनमा आएका छन्।

सम्बन्धित समाचार