जनकपुर प्रादेशिक अस्पतालबाट भागेका कोरोना संक्रमित अझै भेटिएका छैनन । उनी भागेको ३० घण्टा भन्दा बढी समय भएपनि अहिले सम्म फेला परेका छैनन् ।
उनी अहिलेसम्म पनि फेला नपरेपछि अरु व्यक्तिमा पनि संक्रमण बढ्ने खतरा पैदा भएको छ ।
आइतवार बिहान करिब ३ बजेको समयमा सर्लाही जिल्लाका ४० वर्षीय कोरोना संक्रमित प्रादेशिक अस्पतालमा रहेको कोभिड १९ विशेष कक्षबाट झ्याल तोडेर भागेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले भागेका संक्रमितको खोजी भइरहेको बताए ।