प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।
सोमबार अपराह्न साढे ५ बजे प्रधानमन्त्री ओलीले ‘राष्ट्रका नाममा’ सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
त्यसअघि, सोमबारै अपराह्न ५ बजे मन्त्रिपरिषद्को बैठक बस्ने जनाइएको छ । विकसित पछिल्ला घटनाक्रम र समसामयिक विषयमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको बुझिएको छ ।