कर्णाली प्रदेश अन्तर्गत पर्ने सुर्खेत जिल्लामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको कूल संख्या २३ पुगेको छ ।
प्रदेशको समाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमित वीरेन्द्रनगर, भेरीगंगा र सिम्ताका रहेका छन् । यसमध्ये ११ जना पुरुष र एक जना महिला रहेको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिएका छन् ।
यससँगै नेपालमा संक्रमितको संख्या ६९४ पुगेको छ । संक्रमितमध्ये ११२ जना उपचारपछि घर फर्किएका छन् भने ४ जनाको निधन भैसकेको छ ।