कोरोना संक्रमितको संसर्गमा पुगेपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल घरमै क्वारेन्टाइनमा बसेका छन् ।
बुधबार मनमोहन कार्डियो भास्कुलर सेन्टरमा उपचाररत पूर्व सांसदकी पत्नीलाई भेट्न केही सांसदहरुसँग गएपछि उनी क्वारेन्टाइनमा बसेका हुन् ।
मन्त्री ढकालको निजी सचिवालयका अनुसार स्वास्थय मन्त्रालयमा पनि केही संक्रमितहरु चिकित्सकहरु मन्त्रालय पुगेपछि उनी ६ दिनदेखि आफैं क्वारेन्टाइनमा बसेका हुन् ।
उनको परिक्षणका लागि हिजो निवासमै पुगेर स्वाव संकलन गरिएको र मंगलबार बेलुकासम्म परिपोर्ट आउनेछ उनका स्वीकय सचिव भुवन खतिवडाले जानकारी दिए । मन्त्री ढकाल बिहीबारदेखि मन्त्रालय आएका छैनन् ।
खतिवडाका अनुसार संक्रमण बढ्दै गएपछि गतिविधि कम गर्न मन्त्रालय आउने क्रम कम गरिएको हो ।