गण्डक अस्पतालबाट २१ जना डिस्चार्ज, नेपालमा १७६ जनाले जिते कोरोनालाई

पर्सामा थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि कोरोना भाइरसमुक्त भएका छन् । नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएका हुन् । उनीहरुलाई राति नै डिस्चार्ज गरिएको छ ।

गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए । लगातार दुई वटा पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको डा. उदय नारायण सिंहले जानकारी दिए । ६ महिलासहित ३० जना संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिएकोमा अस्पतालमा अब ९ जना संक्रमित उपचाररत छन् ।



यसअघि नारायणी अस्पतालमा भर्ना ७२ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । आइतबार १८ जना र सोमबार ४३ जना डिस्चार्ज भएका थिए ।

यससँगै नेपालमा १७६ जनाले कोरोनालाई जितेका छन् । ४ जनाको भने निधन भैसकेको छ ।

सम्बन्धित समाचार